बैंक ब्याज मिनाह गर्न घरेलु महासंघको माग

नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर शाखाले आफ्ना सदस्यहरुलाई ब्यवसाय बन्द गर्न आह्वान गरेको छ । आईतबार एक विज्ञप्ती जारी गर्दै महासंघले उद्योग कलकारखाना संचालन गर्दा कोरोना भाईरसको जोखिम बढ्न सक्ने भएकाले अत्यावश्यक बाहेक सम्पूर्ण ब्यवसाय बन्द गर्न आग्रह गरेको हो ।

महासंघका महासचिव सि.एम. उपाध्याय र अध्यक्ष हेमबिक्रम जिसीद्धारा संयुक्त रुपमा जारी गरीएको विज्ञप्तीमा बैंक तथा वित्तिय संस्थाको ब्याज तथा उद्योग संचालन भईरहेको स्थानको मासिक भाडा मिनाहाको माग समेत गरीएको छ । विज्ञप्तीमा भनिएको छ, ‘विश्वब्यापी रुपमा फैलिएको यस रोगका कारण सम्पूर्ण जनमानसमा आर्थिक भार थपिएकोले उद्योगीहरुलाई थप मर्का पर्ने भएकाले उद्योगमा लगानी गर्ने बैंक तथा वित्तिय संस्थाको ब्याज एवं उद्योग संचालन रहेको मासिक भाडा मिनाहा गरी सहयोग गरीदिनुुहुन सम्बन्धि सरोकारवाला सम्पूर्णमा नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगरपालिका समिति हार्दिक अनुरोध गर्दछ ।’

महासंघले कोरोना भाईरसप्रति सतकर्ता अपनाउन आग्रह गर्दै सरकारले जारी गरेका निर्णयहरुको पालना गर्न समेत अपिल गरेको छ ।