अत्यावश्यक सेवा बाहेक सबै बन्द गर्ने कोहलपुर नगरपालिकाको घोषणा

कोहलपुर नगरपालिकाले कोरोना भाईरसको जोखिम कम गर्न अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु बन्द गर्ने घोषणा गरेको छ । आईतबार एक सूचना जारी गर्दै नगरपालिकाले चैत्र २१ गतेसम्म नगर क्षेत्रभित्रका सबै सेवाहरु बन्द गर्ने जनाएको हो । नेपाल सरकारले घोषणा गरेको अत्यावश्यक सेवाहरु भने सु्चारु नै रहने सूचनामा उल्लेख गरिएको छ ।

कोहलपुर नगरपालिकाको कार्यालय अन्तर्गत पर्ने विषयगत शाखा/उपशाखाका कार्यालयहरु र सम्पूर्ण वडाबाट प्रवाह हुँदै आएका सेवाहरु चैत्र २१ गतेसम्मलाई बन्द गरीएको सूचनामा उल्लेख गरीएको छ । साथै जुनसुकै समयमा पनि कोरोना बिरुद्धको अभियानमा जुट्नुपर्ने भएकाले सबै कर्मचारीलाई अनिवार्य रुपमा कार्यालयमा उपस्थित हुन आग्रह समेत गरीएको छ ।