नेपाल छिर्न खोज्ने २६ जनालाई फिर्ता पठाईयो

अबैध रुपमा दाङ जाँदै गरेका २६ जना भारतीयलाई फिर्ता पठाईएको छ । नेपालगन्ज नाका हुँदै दाङ्गको तुलसीपुर जान लागेका २६ जना भारतीय नागरिकलाई फिर्ता पठाइएको हो ।

शनिवार नेपालगन्जबाट तुलसीपुरतर्फ जादै गरेको बसमा सवार उनीहरुलाई सोधपुछ गर्दा भारत हुदै नेपाल आएको खुलेपछि फिर्ता पठाइएको हो । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै भर्खरै भारतको नानपारादेखि आएको खुलेपछि उनीहरुलाई फिर्ता पठाइएको हो ।

उनीहरुले बिजौरीका विभिन्न ईट्टा भट्टामा काम गर्न तुलसीपुर आएको बताएका थिए । तर, उनीहरुले आफूहरुको घर नेपालगन्ज भएको बताए पनि स्थायी ठेगाना नखुलेपछि फिर्ता पठाइएको हो ।

कोरोना भाइरसको जाँचका लागी तुलसीपुर-१३, दमारगाउँमा स्थापना गरिएको हेल्थ डेस्कबाट उनीहरुलाई फिर्ता पठाईएको हो ।