सुरक्षाकर्मीहरुलाई कोरोना सम्बन्धि सचेतना

वडा प्रहरी कार्यालय नेपालगन्जका सुरक्षाकर्मीहरुलाई कोरोना सम्बन्धि सचेत गराईएको छ । वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरिक्षक हरी बस्नेतका अनुसार वडा प्रहरी कार्यालय मातहतका सुरक्षाकर्मीहरुलाई मध्यनजर गर्दै सचेतना कार्यक्रम संचालन गरीएको हो ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका डाक्टर देबेन्द्र आचार्यले सुरक्षाकर्मीहरुलाई कोरोना भाईरसबाट बच्न अपनाउनुपर्ने उपायका बारेमा प्रशिक्षण दिएका थिए । आचार्यले मास्कको उचित प्रयोग विधिका बारेमा समेत सुरक्षाकर्मीहरुलाई सचेत गराएका थिए ।