कोभिड-१९ : सुनसान विश्व (तस्बिरगाथा)

कोरोनाभाइरस सङ्क्रमण विश्वभरि फैलिएपछि मानिसहरू सार्वजनिक स्थलमा जान छोडेका छन्। पहिला व्यस्त देखिने सडकहरू अहिले सुनसान देखिन थालेका छन्।

लन्डनमा व्यस्त समय भनिने बेला मिलेनीअम पुलमा हिँड्दै एक महिला । कोरोनाभाइरस महामारीसँग सङ्घर्ष गर्न प्रधानमन्त्री बोरिस जोनसनले अत्यावश्यकबाहेक अन्य अवस्थामा सर्वसाधारणहरूलाई बाहिर ननिस्किन अनुरोध गरेका छन्।

फ्रान्सको नीस सहरमा भूमध्यसागरतर्फ हेर्दै एक पुरुष । फ्रान्समा हिँडडुल गर्न प्रतिबन्ध लगाउँदै सरकारले मानिसहरूलाई घरमै बस्न भनेको छ।

यूएईमा ड्रोनबाट खिचिएको यो तस्बिरमा रित्तो तटीय क्षेत्र देख्न सकिन्छ। यूएईले अधिकांश पर्यटकीय क्षेत्र बन्द गरेको छ। विदेशी पर्यटकलाई भिसा दिन पनि रोकेको छ।

भारतको राजधानी दिल्लीमा देखिएको सफदरजङ्ग समाधिस्थल। सरकारले त्यहाँ पनि मानिसहरूलाई भेला नहुन आदेश दिएको छ।

भेनेजुएलामा सुनसान सडक। त्यहाँ सर्वसाधारणहरूलाई आफ्नो घरमै बस्न आग्रह गरिएको छ।

स्पेनको मड्रिडनजिकै अवस्थित एउटा सहरमा गस्ती गर्दै सुरक्षाकर्मीहरू ।

भीएनामा रित्तो चोकमा बसिरहेका दुई सर्वसाधारण ।

लेबननमा आपत्कालीन अवस्थाको घोषणा गरिएपछि सडकमा सर्वसाधारणहरूको सङ्ख्या कम भएको छ ।

ब्याङ्ककमा डुङ्गा विहारमा रमाउँदै एक जोडी। थाईल्यान्डका पर्यटकीय स्थलमा विदेशीहरूको स‍ङ्ख्या घटेको छ। बीबीसीबाट साभार