बसले किच्दा चार घाईते, एकको अवस्था गम्भीर

सुर्खेतमा बसको ठक्करबाट चार जना घाईते भएका छन । वीरेन्द्रनगर नगरपालिका ४ हटलाईन सडकको कर्णाली प्रदेश अस्पताल गेट नजिकै भे १ ह ३७२० नम्बरको अटो रिक्सालाई र ना ३ ख ६८२३ नम्बरको बसले ठक्कर दिएको हो । बसको ठक्करबाट अटोमा सवार सबै घाईते भएका छन । जसमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

अटोमा सवार बर्दिया बाँसगढी नगरपालिका-५ बस्ने २१ बर्षीय नन्दा गिरी, रचना गिरी, कल्पना गिरी र अटो चालक घाइते भएका छन् ।

नन्दाको अवस्था भने गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उदयसिंह सिजापतिले जानकारी दिए । घाइतेहरूको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भईरहेको छ । बस चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।