शुटिङ्ग संघ बाँकेको अध्यक्षमा मल्ल

रमेश कुमार मल्लको अध्यक्षतामा बाँके जिल्ला शुटिङ्ग संघको नयाँ कार्यसमिती चयन भएको छ ।

मंगलबार नेपालगंजमा भएको नवौं साधारण सभाबाट मल्लको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती सर्वसम्मत रुपमा चयन भएको हो । आगामी महिना काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनलाई मध्यनजर गर्दै जिल्ला अधिवेशन गरिएको हो । संघको उपाध्यक्षमा आशा थापा बिस्ट रहेका छन भने सचिवमा बदरुद्दिन अंसारी, सह सचिवमा सुरेन्द्र सिंह सरदार र कोषाध्यक्षमा अरुण बिक्रम शाह चयन भएका छन । त्यसैगरी सदस्यहरुमा नरेन्द्र थापा, पप्पु मुसलमान, सुभाष सिंह श्रेष्ठ, पंचम गुरुङ, राजकुमार चन्द, दिपक मल्ल छन ।

निवर्तमान अध्यक्ष रोहित टण्डन, ओलम्पियन पार्बती थापा र प्रशिक्षक राजेन्द्र सिंह सल्लाहकारमा नियुक्त भएका छन ।