‘क्‍वीन अफ दि डार्कनेस’ : न्याकिम गटवेक

सुडानी मूलका अमेरिकी फेसन मोडल न्याकिम गटवेकलाई गोरो हुन मन पर्दैन । गाढा कालो रंगको कारण उनलाई मानिसहरुले ‘क्वीन अफ डार्कनेस’ (अन्धकारकी रानी) भन्‍ने गर्छन् । उनलाई आफू काली छु भन्न कुनै लाज लाग्दैन । उनलाई राम्री बन्न कुनै पनि ब्लीच आवश्यक छैन ।

मोडलिङ दुनियाँमा यो कालो रंगले उनको सुन्दरता व्यक्त गर्न अझै ठूलो भूमिका खेलेको छ । राम्री बन्न गोरो रंग हुनैपर्छ भन्‍ने छैन । क्‍वीन अफ डार्कनेस नाम उनले कहिले पाइन् थाहा नै छैन । फ्यानहरुले उनको तस्बिर हाल्दै क्‍वीनअफ डार्कनेस भन्‍ने गर्थे । इन्स्टाग्राममा उनलाई क्‍वीन किम भन्‍ने गरिन्छ ।

न्याकिम गटवेकको जन्म इथोपियामा भएको हो । इथोपियाबाट उनका परिवार केन्यामा शरणार्थी क्याम्पमा शरण लिएर बसेका थिए । १४ वर्षको उमेरमा उनी आफ्नो परिवारसँग अमेरिका आएकी थिइन् । उनले विभिन्न देशमा आफ्नो शिक्षाको यात्रा तय गरेकी छन् ।

बाल्यकालदेखि अमेरिकाको मोडलिङ यात्रासम्म पुग्दा कयौं मानिसले उनको कालो रंगको टिप्पणी गरेका छन् । कतिले बुलिंग गरे दिक्क बनाए । मोडलिङको सुरुवात गर्दा धरै समस्या भोग्नुपरेको उनी बताएकी छन् ।

उनी भन्छिन्, ‘म सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छु जति म मोडलिङमा हुन्छु । जुन रंगदेखि मानिसहरु डराउँछन् र आत्तिन्छन्, उही रंग मेरो जीन्दगी बनेको छ।’

अप्रिलको महिना थियो । उनी बेरोजगार थिएँ । मैले केही साथीहरुसँग रमाइलो गरेको तस्बिर इन्स्टाग्राममा पोष्ट गरेकी थिए, उनी भन्छिन्, म यसैसँग रमाइरहेकी थिए । यसैबीच मलाई जब इन्टरभ्यूका लागि बोलाइयो । मैले ट्याक्सी बोलाए । मेरो रंग देखेर ट्याक्सी ड्राइभर पनि तर्सिए । ट्याक्सी ड्राइभरले भने, तिमी धेरै काली छौ, तिमिलाई कसैले पनि मन पराउँदैनन। म आफैले १० हजार दिन्छु तिमी ब्लीच गर । यस्तो कालो अनुहारलाई कसैले पनि काम दिँदैन। म हाँसे मात्र।

उनको जवाफ थियो, ‘म काली हुनुमा गर्व गर्छु, मलाई केही फरक पर्दैन् । म आफूलाई माया गर्छु । जे छु राम्रो छु। उनी भन्छिन्, म सुडानको नागरिक हुँ तर म जँहा हुर्किए त्यो ठाउँमा अलगअलग रङका मानिस छन्।’

दक्षिण सुडानको दोस्रो गृह युद्धमा ९१९८३-२००५० त्यँहाका जनताले धरै समस्या भोगेका थिए । युद्धमा २० लाखले ज्यान गुमाए, जसमा गटवेकको एक भाई र बहिनी पनि थिए । भाइ बहिनीको मृत्युपछि उनको परिवारको खुशी हराएको थियो ।

अहिले विश्वका महिलाहरुको लागि उनी एक उदाहरणको रुपमा स्थापित भएकी छन् । उनी कालो रंग भएकाहरुको लागि एक आवाज बनेकी छन्। सामाजिक सञ्जालमा आफ्नो कालो रंग कै कारण उनले चर्चा बटुलेकी छन् ।

उनी भन्छिन्, ‘कालो गाढा छ, कालो सुन्दर छ र कालो रंग बहुमुल्य हो । अमेरिकी मानसिकताले आफ्नो आत्मालाई किन मार्ने । आफ्नो रंग र अस्तित्वलाई माया गर, कालो होस वा गोरो।’