दुग्ध उत्पादक किसानहरुसँग अन्तरक्रिया

राप्तीसोनारी गाँउपालिका वडा नं. ९ ढकेरीका किसानहरुसँग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । महादेवपुरी दुग्ध उत्पादन सहकारी सस्था लि. ले दुग्ध उत्पादक किसानहरुसँग अन्तरक्रिया गरेको हो ।

कार्यक्रममा बोल्दै राप्तीसोनारी गाँउपालिका वडा नं. ९ का अध्यक्ष माहाबिर वलिले गाउँमा उत्पादन भएको दुधलाइ बजारसम्म पुर्याउनुपर्नेमा जोड दिएका थिए ।

स्वच्छ र पोषणयुक्त दुध किसानको गोठ देखि सबैको ओठसम्म पुर्याउनु चुनौतिको विषय भएको सहकारिका अध्यक्ष भिम बहादुर केसीले बताए ।

महादेवपुरी दुग्ध उत्पादक सहकारीका लेखा समिती सदस्य धन बहादुर वलिले कृषकले दुधको उचित मूल्य पाउनु पर्नेमा सबै सरोकारवाला निकायहरुले चासो दिन आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै दुग्ध बिकास सस्थानका प्रतिनिधी अर्जुन पन्थिले किसानले उत्पादन गरेको दुधलाई दुग्ध बिकास सस्थानसम्म पुर्याउनका लागि नै सहकारी मर्फत सन्जाल निर्माण गरिएको बताए ।

कार्यक्रमको प्रयोज समेत रहेका सन्तोश पौडेलले राज्यले वास्तविक किसानको पहिचान गरि लगानी गर्नुपर्ने बताए ।