ओई ! बाईक आयो रोक (तस्बिरमा बन्द)

बुधबार र बिहिबार दिनभर कोहलपुर तनावग्रस्त भयो । बुधबार कोहलपुर नगरपालिका ८ पिपिरीमा एक महिलाको ज्यान जाने गरी भएको सडक दुर्घटनाको बिरोधमा स्थानियहरुले सडक यातायात अवरुद्ध पारे । टिप्परको लापरवाहीले कोहलपुर ९ की रामपती थारुको ज्यान गएको भन्दै स्थानिय तथा मृतकका आफन्त आन्दोलनमा उत्रिए । यद्यपी टिप्पर धनीसँग वार्ता गर्ने भन्दै बुधबार यातायात सुचारु गरीयो ।

बिहिबार पुनः आन्दोलनकारीहरुले कोहलपुर नेपालगन्ज सडक अवरुद्ध पारे । अघिल्लो दिन भएको सहमती अनुसार टिप्परधनी सम्पर्कमा नआएको भन्दै आक्रोशित भिडले ईलाका प्रहरी कार्यालय बाहिर समेत नारावाजी गरे । सो क्रममा उनिहरुले प्रहरी बिरुद्ध समेत नारावाजी गरेका थिए ।

टिप्पर धनीलाई बिहिबार बिहानसम्म ईलाका प्रहरी कार्यालय कोहलपुर झिकाउने सहमती प्रहरीले कार्यान्वयन नगरेको उनिहरुको आरोप थियो । आन्दोलनकारीले विभिन्न स्थानमा टायर बाल्नुका साथै केही निजि सवारी साधानमा समेत क्षती पुर्याए । बिहिबार बिहान कोहलपुर चौराह नजिकै भएको सडक दुर्घटनाको पिडितहरुले समेत उनिहरुको आन्दोलनमा समर्थन जनाएका थिए ।

पिपिरी घटना सेलाउन नपाउँदै माईक्रो बस र अटो एकआपसमा ठोक्कीदा कोहलपुर चौराह नजिकै एक जनाले ज्यान गुमाएका थिए । बैजनाथ गाँउपालिका २ मकैबारीका ५० वर्षिय जय बहादुर रोकाले चलाएको अटो र बस एक आपसमा ठोक्कीदा रोकाको ज्यान गएको थियो भने अन्य २ जना गम्भीर घाईते भएका थिए । दुबै तर्फका पिडित सडकमा उत्रिएपछि कोहलपुरको माहोल तनावग्रस्त बनेको थियो ।
दुर्घटनाका पिडितहरुसँगको वार्ता प्रयास सफल नभएपछि बिहिवार बिहानदेखि गरिएको सडक अवरुद्ध प्रहरी परिचालन गरी खुलाईएको थियो ।

तस्बिर : रबिन्द्र सिंह ठकुरी/काँचुली खबर