जंक फुड अनि हाम्रो स्वास्थ

अहिलेको समयमा वालवालिकाहरुलाई जङ्क फुड लान मनाही गरेतापनी समयको अनुकुलता नमिलेको कारण हरेक आमाहरुले छिटो छरितोको लागि जङ्क फुड नै दिने गरेको पाईन्छ । सबै आमाहरुलाई थाह नै छ जङ्क फुड बालबालिकाको स्वास्थको लागी एकदमै हानिकारक छ । तर पनि दिनदिनै जङ्क फुडको बजार चर्किदै गएको छ अहिले त बालबालिका होस वा युवापुस्ताको दिमागको मेनुमा के छ भन्दा चाउचाउ, चाउमिन, मम, पिज्जा, बर्गर, स्याडविच इत्यादी ।

घरमा पकाइने खाजामा उनीहरु त्यती अभ्यस्त छैनन्, जति बजारमा उपलब्ध तयारी खाजामा छन् । जब भोग लाग्छ, चाउचाउ खान्छन् । चाउमिन मगाउँछन्, पिज्जा खोज्छन् ।

यस्तो दिन हुँदैन, जुन उनीहरुले यस्ता खानेकुरा नखाएका होस् । हरेक दिनजसो केही न केही यस्ता खानेकुरा खाइरेका हुन्छन्, जसले जिब्रो लोभ्याउँछ । पेट भरिन्छ । तर, स्वास्थ्यलाई हानी गर्छ । बजारमा उपलब्ध खानेकुरालाई स्वादिलो र टिकाउयुक्त बनाउनका लागि कतिपय अखाद्य पदार्थ मिश्रण गरिएको हुन्छ । त्यही तत्व हाम्रो पेटमा नपच्ने मात्र होइन, विषाक्त पनि हुन्छ । पछिल्लो पुस्तामा बढ्दो क्यान्सर, मधुमेह, उच्च रक्तचाप आदिको मूल कारण नै उनीहरुको खानपान बनिरहेको छ ।

अक्सर के देखिन्छ भने, जुन चिज खानमा स्वादिष्ट हुन्छ, त्यो हाम्रो स्वास्थ्यका लागि उत्तिनै हानिकारक हुन्छ । यस्ता खानेकुराले पेटमा समस्या निम्त्याउँछ ।

हामी सबैजसो बेखबर छैनौ कि, जंकफूड स्वास्थ्यका लागि हानिकारक छ । तर, अहिलेको पुस्ताको दैनिकीमा जंक फूड अभिन्न रुपमा जोडिएको छ । जंक फूडको स्वाद नलिएसम्म उनीहरुको तलतल मेटिदैन । किनभने जंक फूड तुलनात्मक रुपमा स्वादिलो हुन्छ । यही स्वादको चक्करमा अहिले जंकफूड सेवन गर्नेहरु बढ्दो छन् ।

जंक फूड बनाउने क्रममा त्यस्ता केही चिज प्रयोग गरिन्छ, जो खानामा एकदम स्वादिलो हुन्छ । तर, हामीले यो भुल्न हुँदैन कि, जुन चिज स्वादिलो बनाउनका लागि प्रयोग गरिन्छ, त्यो स्वस्थ्यवर्द्धक हुँदैन । हाम्रो शरीरको लागि बर्गर खानमा त स्वादिलो होला, तर त्यसमा रहेको हानिकारक फ्याटले शरीरलाई उत्तिकै दुषित बनाइदिन्छ । तर हामिले स्वास्थको मतलब नगरि स्वादलाई मात्र हेर्ने गरेको अवस्था छ । जङ्क फुडले भित्र भित्र हाम्रो स्वास्थलाई नर्क बनाइरहेको हुन्छ ।

जंक फूड त्यसलाई भनिन्छ, जसमा अत्याधिक मात्रामा खराब पोषणयुक्त चिज, फ्याट, चिनी, सोडियम र अनेक किसिमको रसायन हुन्छ । खासगरी जंक फूडलाई स्वादिलो, आकर्षक बनाउनका लागि त्यसमा केही किसिमको खाद्य पदार्थ र रंग मिश्रण गरिन्छ । जस्को कारण हाम्रो शरिरमा दिनानुदिन बिष भरिदै जान्छ ।

चाउचाउ, कुरकुरे, आलु चिप्स, विस्कुट, लेज, कोल्डडृन्क्स, पिज्जा, बर्गर, मम, चाउमिन, सबै जंक फूड हुन् । बजारमा पाइने तयारी अधिकांश खाद्य पदार्थ जंक फूड हो ।

जंक फूडले जब हामी जंक फूड सेवन गर्न थाल्छौं, हामीलाई अघाएको अनुभव हुन्छ । पेट भरिन्छ । त्यही कारण हामी अन्य पोषिलो खानेकुरा खान सक्दैनौं । यसबाट के हुन्छ भने, शरीरमा पोषणको अभाव । किनभने जंकफूडमा पोषक तत्व हुँदैन । त्यही जंक फूडले पेटमा कब्जा जमाएपछि पोषणयुक्त खानेकुरा कहाँ अटाउने ?

जंक फूडमा उच्च क्यालोरी हुन्छ । यसले हाम्रो शरीरको तौल अनियन्त्रित रुपमा बढ्न थाल्छ । यदि हामीले प्रत्येक दिन पाँच सय क्यालोरी ग्रहण गर्यौंब भने एक हप्तामै तौल बढ्छ । तपाईंरहामीलाई थाहै छ, तौल बढ्नु भनेको मोटोघाटो हुनु होइन । बरु, शरीरमा बोसोको मात्रा बढ्नु हो । यो अवस्थामा शरीरका भित्री अंगहरुलाई आफ्नो काममा अवरोध हुन्छ । नतिजा, हाम्रो शरीर रोगहरुको घर बन्न पुग्छ ।

अहिले मधुमेहका रोगी बढ्दो छ । मधुमेह युवा, किशोरदेखि बालबालिकालाई समेत हुन थालेको छ । यसको मूख्य कारण हो, जंक फूड । विभिन्न अध्ययनबाट के थाहा भइसकेको छ भने, जुन बच्चा अत्याधिक मात्रामा जंक फूड सेवन गर्छ, उनीहरु मधुमेहको चपेटामा पर्छन् । जब मधुमेहको समस्या हुन्छ, जीवनभर त्यसबाट छुटकारा पाउन सकिदैन ।

जंक फूडमा सोडियमको मात्रा उच्च हुन्छ । चिकित्सकहरु भन्छन्, अधिक सोडियम मुटुको लागि घातक छ । त्यती मात्र होइन, आवश्यक्ताभन्दा बढी सोडियमले उच्च रक्तचापको खतरा पनि निम्त्याउँछ ।

हामीलाई स्वस्थ्य रहनका लागि जुस सेवन गर्नुपर्छ भनिन्छ । फलफूलबाट बन्ने जुस स्वास्थ्यका लागि फाइदजनक पनि हुन्छ । तर, बजारमा पाइने जुसले फाइदा होइन, बेफाइदा गर्छ ।

प्याकेटमा उपलब्ध यी जुसमा विभिन्न फल र फ्लेवर पाइन्छ । तर, त्यो विशुद्ध वा प्राकृतिक फलको जुस । त्यसमा केवल फ्लेवर र स्वाद मिश्रण गरिएको हो । यस्ता परिकारमा रंग र स्वादका लागि अखाद्य पदार्थ पनि मिश्रण गरिएको हुन्छ । त्यसैले भनिन्छ नि ‘जिवन हाम्रो श्री हो स्वास्थ नै ठुलो धन के नै गर्न सकिन्छ र अस्वस्थ भैइकन’ त्यसैले हामिले जंक फुड आफुले नि सेवन नगरौ अनि आफ्ना बालबालिकाहरुलाई पनि यो बिषादी प्रयोग गर्न नदिउ बालबालिका भनेका एकदमै जिद्दी र देखासिखी गर्ने हुन्छन आफु भन्दा ठुलाले जे सेवन गरे जे खाए त्यो नै उनीहरुले खान मना पराउँछन त्यसकारण आजै बाट सबै सचेत रहू आफुनी जंकफुड नखाउ र बालबालिका लाइ पनि नदिउ अनि हरेक बिद्यालले जंक फुड बन्द गरेको अभियानमा अभिभावकले नि खुलेर साथ दिउँ । धन्यबाद ।