शारीरिक सुगठनमा बाँकेलाई पाँच उपाधि

‘बुटवल श्री’ उपाधि विजेता कृष्ण श्रेष्ठ

 

५ नं. प्रदेशको बुछवलमा सम्पन्न अन्तर प्रदेशस्तरीय शारीरिक सुगठन प्रतियोगितामा बाँकेले ५ वटा उपाधि जित्न सफल भएको छ । ५५, ६० र ६५ केजी तौल समुहमा पाँकेका खेलाडी प्रथम हुन सफल भएक छन भने ७५ केजीमा बाँकेका खेलाडी क्रमशः द्धितिय र तृतिय हुँदै समग्रमा पाँच वटा उपािध हात पार्न सफल भएका हुन ।

५५ केजी तौल समूहतर्फ बाँकेका सिद्धान्त जसरिया प्रथम, रूपन्देहीका पुकार थापा दोस्रो र रूपन्देहीकै आकाश गुरुङ तेस्रो भए । ६० केजी तौल समूहमा बाँकेका सुरेश थापा प्रथम, रूपन्देहीका मोहम्मद जुमराति दोस्रो र बुटवलकै अर्जुन श्रेष्ठ तेस्रो भए । ६५ केजी तौल समूहमा बाँकेका जितबहादुर वली प्रथम काँस्कीका विकास तामाङ दोस्रो र रूपन्देहीका सुमित राना तेस्रो भए । ७० केजी तौल समूहमा रूपन्देहीका विनोद सुनार प्रथम, रूपन्देहीकै प्रकाश थापा दोस्रो र रूपन्देहीका दिलीपबहादुर खत्री तिवारी तेस्रो भए । ७५ केजी तौल समूहमा कृष्णप्रसाद श्रेष्ठ प्रथम, इमोश श्रेष्ठ दोस्रो र रत्नराज थापा तेस्रो भए ।

७५ केजी माथिको तौल समूहमा पाल्पाका मनिष वज्राचार्य प्रथम, बाँकेका अभिषेक श्रेष्ठ दोस्रो र बाँकेकै शितान्शु पाण्डे तेस्रो भए ।

प्रतियोगिताको उपाधि भने सैनामैनाका कृष्ण श्रेष्ठले जितेका छन् । प्रदेश ५ र गण्डकी प्रदेशबाट सहभागी ४९ जना प्रतिस्पर्धीलाई पछि पार्दै ७५ केजी तौल समूहको फाइनलामा पुगेका श्रेष्ठ अल ओभर च्याम्पियन भएका हुन् । श्रेष्ठले बुटवल श्रीको उपाधिसँगै ५५ हजार नगद र आकर्षक ट्रफी हात पारे ।

आयोजक रूपन्देही फिटनेस संघका अध्यक्ष सितुप्रसाद श्रेष्ठका अनुसार, विजयी खेलाडीहरूलाई परस्कार तथा ट्रफी वितरण गरिएको छ ।