प्रधानमन्त्रीको स्वास्थ्यलाभकालागि दीप प्रज्वलन

प्रधानमन्त्री के.पी. शर्मा वलीको स्वास्थ्य लाभको कामना गर्दै अनेरास्ववियु जिल्ला कमिटी बाँकेले दीप प्रज्वलन गरेको छ ।

मंगलबार साँझ नेपालगन्जको पुष्पलाल चोकमा अनेरास्ववियु बाँकेको आयोजनामा दीप प्रज्वलन गरेको अनेरास्ववियु बाँकेका सह संयोजक टेकेन्द्र मल्लले जानकारी दिए ।

दीप प्रज्वलन कार्यक्रममा अनेरास्ववियुका विद्यार्थी नेता, नेकपाका स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियोे ।

यस्तै खजुरा गाउँपालिकाका राष्ट्रिय युवा संघले पनि दिप प्रज्वलन गरेको थियो । प्रधानमन्त्री वलीको फागुन २२ गते शिक्षण अस्पताल महाराजगन्जमा दोस्रो पटक मृगौला प्रत्यारोपण हुदै छ ।