घुससहित प्रधानाध्यापक पक्राउ

जिल्लाको नौमुले गाउँपालिका १ मा रहेको भैरव माध्यमिक विद्यालयका प्रधानाध्यापक नगेन्द्र बहादुर सिंहलाई ३० हजार घुससहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ । सिंहले शिक्षकहरूको चौमासिक तलब तथा दशैँ खर्च निकासा गर्न पटकपटक घुस मागेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयबाट गएको अख्तियारको टोलीले प्रधानाध्यापक सिंहलाई घुस रकमसहित नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए । घुस रकम लिइसकेको अवस्थामा प्रधानाध्यापक सिंहलाई नौमुले गाउँपालिका-१ मा रहेको एनएमबी बैंकको शाखा प्रबन्धकको कार्यकक्षबाट नियन्त्रणमा लिइएको अख्तियारले जानकारी दिएको छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको सूचना अधिकारी सापकोटाले जानकारी दिए। थाहाखबरबाट