कर्णालीमा जीप खस्यो, चालकको मृत्यु

कालिकोट जिल्लाको जिते बजारस्थित कर्णाली नदीमा जीप खसेको छ । रास्कोटदेखि यात्रु बोकेर लालिघाटका लागि हिँडेको लु. २ ज ४१४१ नम्वरको जीप यात्रुलाई झारेर मोड्दै गर्दा नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

जीप नदीको बिचमा डुबेको छ । दुर्घटनामा जीपका चालक दैलेखको गुराँस गाउँपालिका-४ का १९ वर्षीय चक्रबहादुर खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । जीप रास्कोट नगरपालिका वडा न. ६ निवासी मन तिरूवाको रहेको खुल्न आएको छ । नदीको बिचमै डुबेको जिपको उद्धारमा कठिनाई रहेको छ । राजधानीबाट