फाल्गुन १८ देखि नेपालगन्जमा ‘पिएम कप’

यहि फागुन १८ गतेदेखि नेपालगन्जमा प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको छैठौं संस्करण संचालन गरीने भएको छ ।

नेपाल, भारत, बंगलादेश, श्रीलंका र माल्दिभ्सका शीर्ष क्लव सहभागी हुने प्रतियोगिता फागुन २२ गतेसम्म संचालन हुने बताइएको छ ।

स्थानिय नेपालगञ्ज रंगशालाको कभर्डहलमा संचालन गरीने प्रतियोगितामा प्रथम हुनेले रु. २ लाख, उपविजेताले रु. १ लाख र तृतीय हुनेले रु.५० हजार नगद पुरस्कार पाउने प्रतियोगिता मूल आयोजक समितिका संयोजक तथा प्रदेश सांसद् कृष्णा केसी नमुनाले जानकारी दिईन ।

प्रतियोगितालाई दक्षिण एसियाकै नम्बर १ प्रतियोगिताका रुपमा स्थापित गराउन यस वर्षदेखि समाजका प्रतिष्ठित व्यक्तिहरुलाई मूल आयोजक समितिमा राखिएको बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरीले बताए ।