प्रजातन्त्र दिवसमा रक्तदान, ८४ प्वाईन्ट संकलन

७० औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा रक्तदान कार्यक्रम गरिएको छ । कर्णाली-बाँके विद्यार्थी सम्पर्क मञ्चको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो ।

कार्यक्रममा ७७ पुरुष, ७ महिला गरी ८४ जनाले रक्तदान गरेको कर्णाली-बाँके विद्यार्थी सम्पर्क मञ्चका अध्यक्ष अमृत खत्रीले जानकारी दिए । कार्यक्रममा ८४ प्वाईन्ट रगत संकलन भएको थियो ।

कर्णाली-बाँके विद्यार्थी सम्पर्क मञ्चका अध्यक्ष अमृत खत्रीको सभापतित्वमा भएको कार्यक्रममा युवा संघका केन्द्रीय सदस्य खेमराज शर्मा, कुश्माखर बस्याल, बागेश्वरी बहुमुखी क्याम्पसका स्ववियु सभापति दिनेश केसी, बिध्यार्थी नेता सुमन घिमिरे क्याम्पसका प्राध्यापक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।नेपाल कम्युनिष्ट पार्टी नेकपा बाँके जिल्ला कार्यालयका सदस्य रत्न खत्रीको प्रमुख आतिथ्यता रहेको थिय भने सुर्य ढकाल विशिष्ठ आतिथ्यता रहेको थियो ।