वार्षिक उत्सवमा तक्षशिलाको ‘ट्यालेन्ट हण्ट’

तक्षशिला एकेडेमी कोहलपुरले स्थापनाको ११ औं वार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सवका अवसरमा विद्यालयमा ट्यालेन्ट हन्ट प्रतियोगिता समेत संचालन गरीएको थियो । बुधबार विद्यालय प्राङ्गणमा आयोजना गरीएको विशेष कार्यक्रममा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरीएको विद्यालयका प्रिन्सीपल चिरायुमान विश्वकर्माले जानकारी दिए ।

हरेक वर्ष झै यस वर्षपनि विद्यालयले विद्यार्थीहरुको क्षमता अभिबृद्धिका लागि ट्यालेन्ट हन्ट प्रतियोगिता आयोजना गरेको विश्वकर्माले बताए । ट्यालेन्ट हन्ट अन्तर्गत विद्यार्थीहरुले विभिन्न ४ विधामा प्रतिस्प्रर्धा गरेका थिए ।

जसअन्तर्गत नृत्य विधामा प्राथमिक तहकी जेनीशा शाही र माध्यामिक तहकी एलीशा गुरुङ प्रथम हुन सफल भएका छन । त्यसैगरी गायन विधामा एलिस थापा प्रथम भए भने वाचनकलामा प्राथमिक तहकी खुश्बु शर्मा र माध्यामिक तहकी प्रियङ्का अधिकारीले प्रथम स्थान हासिल गर्न सफल भएका छन ।

चित्रकला प्रतियोगितामा प्राथमिक तहका प्रसुन अधिकारी र माध्यामिक तहका ईशान शर्मा प्रथम हुँदा अन्य अतिरिक्त क्रियाकलापमा युभान्त जिसी उत्कृष्ट हुन सफल भए ।

विद्यालयले यस वर्ष ३ जना छात्रछात्रालाई वर्षभरीकै उत्कृष्ट घोषणा गरी पुरस्कृत समेत गरेको विद्यालयका प्रिन्सीपल विश्वकर्माले जानकारी दिए । विश्वकर्माका अनुसार वर्षभरीकै अनुशासीत विद्यार्थीका रुपमा मृगाक्षी रावत, वेष्ट पफर्मेन्स प्रियङ्का अधिकारी र उत्कृष्ट खेलाडीका रुपमा दिपशीखा रानाभाटलाई पुरस्कृत गरीएको हो ।

यसअघि वर्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले शैक्षिक ज्ञानका अलावा अतिरिक्त क्रियाकलापमा ध्यान दिन विद्यालय परिवारलाई आग्रह गरेका थिए । वालवालिकाको दोस्रो घरका रुपमा विद्यालयलाई हेर्ने गरीएको बताउँदै रावतले सक्षम र उत्कृष्ट जनशक्ति उत्पादन गर्ने जिम्मेवारी विद्यालयकै रहेको बताए । स्थापनाको छोटो समयमै तक्षशिलाले कोहलपुरको शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै मेयर रावतले प्रशंसा समेत गरेका थिए ।

कार्यक्रममा बोल्दै विद्यालयका शैक्षिक सल्लाहकार खोपीराम वलीले वयवहारीक जिवनउपयोगी शिक्षामा तक्षशिलाले विशेष प्राथमिकता दिदै आएको जिकिर गरे । १ सय ४५ विद्यार्थीबाट पठन पाठन सुरु गरेको तक्षशिलामा हाल ८ सय २० वालवालिकाले अध्ययन गर्दै आईरहेको वलीले जानकारी दिए ।

विद्यालयका ब्यवस्थापकीय निर्देशक कमल पछाईको अध्यक्षतामा आयोजना गरीएको वार्षिक उत्सव कार्यक्रममा कोहलपुर नगर शिक्षा शाखाका प्रमुख अनन्त कुमार पौड्याल, कोहलपुर वडा नं. १० का वडाध्यक्ष निम बहादुर चलाउने, शिक्षाविद्, संचारकर्मी, शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको बाक्लो उपस्थिती रहेको थियो ।