प्रजातन्त्र दिवशमा बिरामीलाई फलफूल वितरण

बाँकेमा विभिन्न कार्यक्रम गरि ७० औं प्रजातन्त्र दिवस मनाइएको छ । प्रजातन्त्र दिवसका अवसरमा बुधबार बिहानै नेपालगन्जमा प्रभातफेरी कार्यक्रम आयोजना गरीएको थियो । त्यसैगरी कोहलपुरमा सरसफाई कार्यक्रम सम्पन्न गरीएको छ ।

दिवसकै अवसरमा बुधबार दिउँसो गैरसरकारी संस्था महासंघ नेपाल, बाँकेको आयोजना र जिल्ला समन्वय समिति बाँकेको समन्वयमा भेरी अस्पतालका ६० बढी बिरामीहरुलाई फलफूल बितरण गरिएको जिल्ला समन्वय समिति बाँकेका सदस्य चेतबहादुर घर्तिमगरले जानकारी दिए ।

फलफुल वितरण कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका सदस्य चेतबहादुर घर्तिमगर, गैरसरकारी संस्था महासंघ नेपाल, बाँकेका अध्यक्ष नमस्कार शाह, उपाध्यक्ष चन्द्र तिमिल्सिना, सचिव लोकबहादुर सुनार, भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। रुपानन्द अधिकारी लगायतले बिरामीलाई फलफुल बितरण गरेको अध्यक्ष शाहले जानकारी दिए ।