कफीका रुख सुक्दै गएपछी प्युठानका किसान चिन्तित

किसानले बर्षौंदेखी दु:ख गरि गरि हुर्काएका कफिका रुखहरुमा भरीला दाना फलाएर पाक्ने अनि टिपेर बेच्ने बेलामा एक्कासी भरीला दाना सहितका रुखहरु सुक्न थाले पछि ऐरावती गाउँपालिका वडा नम्बर २, हार्बुङ्गका किसानहरु यतिखेर इन्तु न चिन्तु भएका छन ।

‘दु:ख गरि गरि कफिका रुखहरु हुर्काइयो, रुखमा भरीला दाना पनि लागे तर यतिखेर आएर रुख आफसेआफ एक्कासी सुकेर मर्न थालेपछी मुर्छा परे झैं भएको छु ।’ कफि खेती लगाएका किसान कमल सिं गुरुङले दुखेसो पोखे । ‘कहाँ जाने, कस्लाई भन्ने, के गर्ने ? केही मेसो पाको छैन ।’ – उनले भने ।

गुरुङ मात्रै होईन, ऐरावती गाउँपालिका वडा नम्बर १ दाङबाङ, वडा नम्बर २ का धाइरेखर्क लगाएतका गाउँहरुमा यतिखेर कफि खेती गरेका किसानहरुको रुख सुक्दा कफि खेती गर्ने किसानहरु चिन्तित भएका छन ।