प्रथम जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न

प्रथम जिल्लास्तरीय अन्तर विद्यालय तेक्वान्दो प्रतियोगिता सम्म्पन्न भएको छ । प्याब्सन बाँकेको सहकार्यमा डुडुवा गाउँपालिका वडा नम्बर ५ मा तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितमा जिल्लाका १८ वटा विद्यालयहरूको सहभागिता रहेको थियो ।

प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले गरे । त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथिका रुपमा कृष्ण जिसी, नेशनल तेक्वान्दो संघका केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठ, नेशनल तेक्वान्दो संघका बाँकेका अध्यक्ष दलबहादुर विक रहेका थिए ।

पी.पी बुक्स स्टेसनरीले सहयोग गरेको प्रतियोगितमा पुरुषतर्फ २० केजीमा सरोज चौलागाई, २५ केजीमा दमन डागी, ३० केजीमा कवी रावत विजयी भए । त्यसैगरी महिलातर्फ २७ केजीमा मुना बुढाथोकी विजयी भइन प्रतियोगितामा बेस्ट खेलाडीका रूपमा आदर्श माविकी दीपिका थापामगर र पसुपति माविका गौरव चौधरी घोषित भए ।

वियायी खेलाडीहरुलाईलाई कार्यक्रमका प्रमुख अतिथि र विशिष्टि अतिथिले मेडल र प्रमाणपत्रसहित पुरस्कृत गरेका थिए ।