प्रेस युनियन बाँकेको अध्यक्ष र सचिब पदका लागि मतदान शुरु

नेपाल प्रेस युनियन बाँकेको नेतृत्वको लागि शुक्रबार बेलुकादेखि मतदान प्रक्रिया शुरु भएको छ । तीन दिनदेखि लगातार नेतृत्वको लागि भएको सहमति प्रयास असफल भएपछी अन्ततः चुनावी प्रक्रिया शुरु भएको हो ।

अध्यक्ष पदका लागि नवीन गिरी, अर्जुन वली र चेतकान्त भट्टराईको उम्मेद्बारी परेको छ त्यसै गरि सचिव पदमा प्रीया स्मृति ढकाल र बिजय मल्लको उम्मेद्बारी परेको छ । निर्वाचनमा अध्यक्ष र सचिव पदमा मात्र मतदान हुनेछ ।

अध्यक्ष र सचिब पद बाहेकका अन्य पदाधिकारी र सदस्यहरु निर्बिरोध निर्वाचित भइ सकेका छन । उपाध्यक्ष (खुल्ला) मा समिरमान श्रेष्ठ, उपाध्यक्ष (समावेशी/महिला) मा बिनयराज त्रिपाठी, सहसचिव (समावेशी महिला) मा लक्ष्मी चौधरी, कोषाध्यक्षमा मधु पौडेल निर्बिरोध निर्वाचित भएका छन ।

त्यसैगरी सदस्य (खुल्ला) मा रबिन्द्र घिमिरे, रामबहादुर रावत र कमल केसी, सदस्य (महिला) मा संगीता पाठक (सन्ध्या शर्मा), लक्ष्मी गौडेल, सदस्य (जनजाति) मा दिपक कुमार राई र गणेश बहादुर राई, सदस्य (पिछडिएको) मा नरेन्द्र सिंह र सदस्य (मधेसी) मा नन्दलाल साहु निर्विरोध निर्वाचित भएको निर्वाचन संयोजक प्रभाकर भट्टराईले जानकारी गराए ।