भ्यालेन्टाइन डेमा प्रेम प्रस्ताव अस्वीकार, प्रहरी जवानले गरे आफैलाई गोली प्रहार

भ्यालेन्टाइन डेमा प्रेम प्रस्ताव अस्वीकार गरेपछि एक प्रहरी जवानले आफैमाथि गोली प्रहार गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीमा काजमा कार्यरत प्रहरी जवान २२ वर्षीय चन्द्रकिशोर रायको प्रेम प्रस्ताव अर्की महिला प्रहरीले अस्वीकार गरेपछि यो घटना भएको हो ।

सिन्धुलीका एसपी रञ्जु सिग्देलले प्रारम्भिक अनुसन्धानमा गोली जवान आफैले हानेको खुलेको बताए । उनलाई तत्काल जिल्ला अस्पताल लगिएको थियो । अहिले उनको काठमाडौंस्थित प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।

रायको महिला प्रहरी जवानसँगको सम्बन्धबारे भने उनले उनले केही बताएनन् । त्यसबारे थप अनुसन्धान हुने बताएका छन् ।

रायले ती महिला प्रहरीलाई एकतर्फी प्रेम गरेको र आज बिहान प्रस्ताव गर्दा अस्वीकार गरेपछि केहीबेर विवाद समेत भएको जिल्ला प्रहरी कार्यालयका एक अधिकृतले बताए । रायले भने महिला प्रहरीसँगै भएको राइफल खोसेर आफैलाई गोली हानेका थिए । नागरिक खबरबाट ।