सुर्य थापालाई युवा संघ नेपालका नेता सेर्पालीको चेतावनीः थुतुनो सम्हाल, जसको आडमा बोल्दै छाै त्यो कति दिनसम्म चल्छ ?

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका नेता सुवोधराज सेर्पालीले नेकपा केन्द्रिय सदस्य सुर्य थापालाई राजीनामा दिन चेतावनी दिएका छन् ।

नेकपा केन्द्रिय सदस्य समेत रहेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापालाई तत्कालीन वाइसिएल नेपालका महासचिव सेर्पालीले पसिना नबगाएको र लगानी नगरेको गणतन्त्रमा सल्लाहकारको जिम्मेवारी सम्हाल्न पाउनु जनयुद्धको देन रहेको दाबी गरेका छन् ।

जनयुद्ध र जनआन्दोलनको भावना मर्म र कम्युनिष्ट आन्दोलनको उद्धेश्य स्विकार गर्न नसक्ने भए सम्पूर्ण जिम्मेवारीवाट राजीनामा दिन चेतावनी दिदै थापालाई अर्काको आड लिएर धेरै नबोल्न सुझाएका छन् ।

आक्रोशित बनेका नेता सेर्पालीले थापा कोहि नभएको र समय सधै उनकै वरीपरि नहुने र जसको आडमा बोलिरहेका छन त्यो कति दिनसम्म हो भनेर हेक्का राख्न चेतावनी समेत दिएका छन् ।

यद्यपी थापाले माओवादी जनयुद्ध जनयुद्ध नभएको र त्यसको भारी बोक्न पार्टी एकता नभएको लगायतका कडा टिप्पणी गर्दै आएका छन् । उनले एक अन्तरवार्तामा भनेका छन्, ‘जनयुद्ध थिएन र छैन् । जनयुद्ध नभएकै कारण विसर्जन र विघटन भएको हो । जनयुद्धको महिमा गान गर्न र गाउन पार्टी एकता भएको हैन ।’  लुम्बिनी भ्वाइसबाट साभार ।