पूजाले पल शाहलाई नाङ्गै देखेपछि……

फिल्म ‘म यस्तो गति गाउँछु-२’ को ट्रेलर सार्वजनिक गरिएको छ । करिब ३ मिनेट १० सकेन्ड लामो ट्रेलरमा साङ्‌गीतिक प्रेमकथा प्राथमिकतामा छ ।

यसँसगै ट्रेलरको १ मिनेट ४५ सेकेन्डको एउटा ‘फेन्टासी’ अर्थात् भ्रमपूर्ण दृश्य दर्शकका लागि रोचक अनि आकर्षक छ ।

कारण अभिनेता पल शाह दृश्यमा नाङ्‌गै छन् । तथापि, उनको शरीर बाल्यकालको छ । तर, टाउको र अनुहार जवान ।

त्यही जवान अनुहार पूजालाई आँखा झिम्क्याइ रहेको छ । अनि, पूजा त्यही ‘फन्टासी’ पात्रसँग रमाइरहेकी छन् । ट्रेलरमा देखाइएको उक्त दृश्यमा पूजा अर्थात् फिल्मकी महिला पात्र पलको प्रेममा छिन् र हरेक वस्तुमा आफ्नै पलको बिम्व देख्छिन् ।

यद्यपि, फिल्मको कथाले त्यहीअनुरुप पात्र माग गरे पनि पल शाहको उक्त ‘फेन्टासी’ दृश्य दर्शकका लागि हाँसोको केन्द्र बनेको छ ।

पलको उक्त दृश्यका विषयमा अभिनेत्री पूजाले भने गज्जबको आनन्द लिएको बताइन् । ‘स्क्रिनमा हेरेर म त हाँसेको हाँसै भएँ । खुब ‘इन्जोए’ गरेँ ।’