गोरखापत्रको कोहलपुर संस्करण प्रकाशन शुरु

गोरखापत्र दैनिकले कोहलपुरबाट प्रकाशण सुरु गरेको छ । फागुन १ गते बिहिबारबाट गोरखापत्र कोहलपुर संस्करणको परीक्षण प्रकाशन सुरु गरीएको हो । प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते देखी गोरखापत्रले नियमित रुपमा कोहलपुरबाट प्रकाशण सुरु गर्ने भएसँगै परीक्षण प्रकाशण गरीएको हो ।

गोरखापत्र दैनिकको यो दोस्रो संस्करण हो । प्रकाशनको पहिलो संस्करण विराटनगरबाट संविधान दिवसको अवसर पारेर गत असोज ३ बाट प्रकाशन सुरु भएको थियो ।

सुदूरपश्चिम, कर्णाली र ५ नं. प्रदेशलाई लक्षित गर्दै बाँकेको कोहलपुरबाट गोरखापत्र दैनिकको प्रकाशन थालिएको गोरखापत्र संस्थानले जनाएको छ ।

अन्नपुर्णपोष्ट, नयाँ पत्रिका, कान्तिपुर र नागरिक दैनिकपछि गोरखापत्रले कोहलपुरबाट प्रकाशण सुरु गर्न लागेको हो ।