कौशिल्या अस्पतालले स्थापना दिवस मनायो

कौशिल्या अस्पताल प्रालीको चौथौ वार्षिक उत्सव तथा स्थापना दिवस बुधबार सम्पन्न भएको छ । कार्यक्रमको कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले उद्घाटन गरेका थिए । उद्घाटन सत्रमा बोल्दै नगर प्रमुख रावतले निजी स्तरबाट संचालित भएपनि अस्पतालले स्वास्थ्य सेवासंगै सामाजिक क्षेत्रमा समेत उदाहरणीय काम गरेको बताउदै छिमेक देश भारतबाट समेत विरामी आउनु प्रंशसनिय कार्य भएको बताए ।

नेकपाका युवा नेता ५ नं. प्रदेश कमिटि सदस्य नरेन्द्र न्यौपानेले कौशिल्या अस्पतालले मध्य र सुदुरपश्चिम क्षेत्रका विरामीहरुको उपचारमा निकै सहयोग पुर्याएको बताए ।

वार्षिक उत्सवको अवसरमा अस्पतालमा उपचाररत १५ जना विरामीलाई फलफुल तथा १० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो । यस्तै शिक्षा क्षेत्रमा योगदान पुर्याएको भन्दै लक्ष्मी सुवेदी तथा सामाजिक क्षेत्रमा योगदान पु¥याउने धर्मलाल रोकायालाई सम्मान पत्र तथा दोसल्ला सहित सम्मान गरिएको थियो भने अस्पतालका कर्मचारी सुनिता कुमारी थारु तथा मिरा रानाभाटलाई सम्मानपत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा कौसिल्या अस्पताल प्रालीका प्रबन्ध निर्देशक राम प्रसाद न्यौपानेले स्लाईट मार्फत अस्पतालको सेवा तथा सामाजिक क्षेत्रमा गरिएका कार्यक्रम बारे जानकारी दिदै अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी ढंगले अगाडी बढाउने बताए ।