नेपालले तोड्यो श्रीलङ्काको किर्तिमान

बुधबार नेपालले अमेरिकालाई ३५ रनमा अलआउट गर्दै विश्व कीर्तिमान बनाएको छ । यससँगै नेपालले श्रीलङ्काको विश्व रेकर्ड समेत तोडेको छ ।

यसअघि सन् २००४ मा श्रीलंकाले जिम्बावेलाई ३५ रनमा अल आउट गरेको थियो । जिम्वावेलाई १८ ओभरमा ३५ रनमै अलआउट गरेको श्रीलङ्काको रेकर्ड तोड्दै बुधबार अमेरीकालाई नेपालले १२ ओभरमा ३५ रनमै समेटियो ।

टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिका १२ ओभरमा सवै विकेटको क्षतिमा ३५ रनमा समेटियो । यो एकदिवसीयको सर्वाधिक कम रनको योगफल हो । नेपालले १५ वर्षपछि उक्त कीर्तिमान तोडेको छ ।

अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५।२ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका लागि पारस खड्काले अविजित २० रन बनाए । पारसले १२ बलमा तीन चौका र एक छक्का हानेका थिए । दीपेन्द्र सिंह ऐरीले अविजित १५ रन बनाए । उनले ११ बलमा दुई चौका र एक छक्काको सहयोगमा उक्त रन बनाएका थिए । नेपालको यो एकदिवसीयमा सर्वाधिक छिटो जित पनि हो ।

अमेरिकालाई सस्तैमा समेट्न लेग स्पिनर सन्दीप लामिछानेले ६ विकेट लिए । उनले ६ ओभरमा एक मेडन राखेर १६ रन खर्चिएका थिए । सन्दीपको यो करिअरकै उच्च प्रर्दशन पनि हो । नेपालबाट ओडीआईमा ६ विकेट लिने सन्दीप पहिलो खेलाडी बनेका छन । सुशन भारीले चार विकेट लिए । सुशनले तीन ओभरमा एक मेडन राखेर पाँच रन खर्चिएका थिए ।