जनयुद्ध दिवस मनाउने नेकपा कोहलपुरको निर्णय

सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी नेकपाले कोहलपुरमा जनयुद्ध दिवस मनाउने भएको छ । नेकपा कोहलपुर नगर कमिटिको बैठकले फागु १ गते जनयुद्ध दिवस भब्यताकासाथ मनाउने निर्णय गरेको हो ।

जनयुद्धको २५ औं वार्षिकोत्सव कार्यक्रममा सम्पूर्ण जिल्ला कमिटी सदस्य, नगर कमिटी सदस्य, वडा कमिटी सदस्य तथा पार्टीमा आवद्ध आम नागरीकलाई उपस्थितीको लागि आग्रह गरीएको नेकपा कोहलपुर नगर कमिटिका सचिव तुलाराज विष्ट बिहानीले जानकारी दिए ।

नेकपा कोहलपुर नगर कमिटी र सहिद स्मृति केन्द्र कोहलपुरको संयुक्त आयोजनामा कोहलपुर नगरपालिका वडा नं. ११ स्थित सहिद स्मृति भवनमा जनयुद्ध दिवस मनाउने कार्यक्रम रहेको बिहानीले बताए ।