‘फुटबलका राजा पेले घरबाट निस्कन सक्दैनन्’

विश्वकै महान् फुटबलर पेले आजभोली घरबाट बाहिर निस्क्न सक्दैनन् । हिड्नकालागि अरुकै सहारा चाहिने पेले लाजका कारण आफ्नो घरबाट बाहिर निस्कन नसक्ने उनको छोराले जानकारी दिएका छन् ।

तीन पटक विश्व कप बिजेता उनलाई सर्वोत्कृष्ट खेलाडीको रुपमा लिइन्छ । पिसाब संक्रमणका कारण उनलाई गत वर्ष अस्पताल पुर्‍याइएको थियो ।

७९ वर्षका पेललाई केही समयका लागि कम्मरमा समस्या देखिएको थियो अब उनलाई हिँड्न फ्रेम चाहिन्छ । उनलाई पछिल्लो पटक सार्वजनिक स्थानमा ह्विलचेयरमा मात्रै देखिएको छ ।

पेलेले आफ्नो २१ वर्षको करियरमा १ हजार ३ सय ६३ खेलमा १ हजार २ सय ८ गोल हानेर विश्व रेकर्ड राखेका छन् । ब्राजिलका लागि ९१ खेलमा उनले ७७ गोल हानेका छन् ।

पछिल्लो समय उनको स्वास्थ्यबारे सबैले चिन्ता व्यक्त गरिरहेका छन् । सन् २०१५ मा उनको प्रोस्टेट शल्यक्रिया भएको थियो । त्यसको ६ महिनापछि उनलाई पुनः अस्पताल भर्ना गरिएको थियो ।