प्रथम मेयर कप खेलकुद प्रतियोगिता शुरु (तस्बिरगाथा)

नेपालगन्ज उपमहानगरपालिका स्तरीय प्रथम मेयर कप खेलकुद प्रतियोगिता सुरु भएको छ । सोमबारदेखी नेपालगन्जस्थित एमपी स्कुलको खेल मैदानमा रास्ट्रपति रनिङ्ग शिल्ड खेलाडी छनौट तथा माध्यमिक विद्यालय स्तरीय प्रथम मेयर कप खेलकुद प्रतियोगिता शुरु भएको हो ।

तिन दिनसम्म संचालन गरीने प्रतियोगिताको सोमबार जिल्ला समन्वय समिती बाँकेका संयोजक अजय कुमार श्रीवास्तवले उद्घाटन गरेका छन ।

प्रतियोगितामा नगरका सामुदायिक र निजी गरी कुल ३८ विद्यालयका खेलाडीहरुले भलिबल, एथलेटिक्स र कबड्डी अन्तर्गत विभिन्न विधामा प्रतिस्पर्धा गर्ने बताईएको छ । प्रतियोगिताको पहिलो दिन सोमबार विद्यार्थीहरुले आकर्षक मार्च पास प्रस्तुत गरेका थिए ।