थारुगिरीको शुभमुर्हत सम्पन्न

थारु कथानक चलचित्र नं. १ थारुगिरीको आइतवार विधिवत रुपमा शुभमुर्हत गरिएको छ । एक कार्यक्रमका विच नं. १ थारुगिरी चलचित्रको कोहलपुर स्थित रामजानकी मन्दिरमा पुजाआज गरि शुभमुर्हत गरिएको हो ।

रुद्राक्ष फिल्मस प्रा.लि. को व्यानरमा थारुगिरी चलचित्र निर्माण गर्न प्रालिका प्रबन्ध निर्देशक रुद्र खनालले बताए । शुभमुर्हत कार्यक्रममा बोल्दै रुद्राक्ष फिल्मस् प्रालिका निर्देशक खनालले २०७२ सालमा स्थापना भएको प्रालिले बृन्दबनबाट चलचित्र क्षेत्रमा हात हालेको बताउँदै हालसम्म ५ वटा फिल्म निर्माण गरिसकेको उल्लेख गरे ।

चर्चित थारु कलाकारहरुको बाहुल्यता रहेको थारुगिरीलाई केशव चालिसेले निर्देशन गर्ने भएका छन । चलचित्रको कथावस्तु अनुसार कलाकारहरु चयन गरीएको बताउँदै निर्देशक चालिसेले थारु समुदायमाथि भएको विभेदबिरुद्ध पहिलो पटक थारु फिल्म निर्देशन गर्न लागेकोमा खुसी ब्यक्त गरेका थिए । विभिन्न म्युजिक भिडियोको निर्देशन गरिसकेका चालिसेको थारुगिरी पहिलो चलचित्र हो ।

थारुगिरी फिल्ममा संदिप विसी र सुनिता दहितको मुख्य भुमिका रहेको थारुगिरीका लेखक तथा गायक विश्वसागर परियारले बताए । चलचित्रकालागि सुमित्रा चौधरी, सुरज कार्की, समिर भाट, सुरेश गन्दर्भ, सुरेश कार्की, सत्यनारायण फेटारा, विरेन्द्र विरविक्रम राणा, शशि ठकुरी, रामु चौधरी, सुजन थापा, राजकुमार थारु, रमेश थारु लगायतका कलाकार छनौट भईसकेका छन । ग्रामिण बस्तीका थारूमाथि कसरी विभेदपूर्ण व्यवहार गरिन्छ भन्ने विषयमा चलचित्र केन्द्रित भएको लेखक परियारले दावी गरे ।

आउँदो बैशाखमा रिलिज गर्ने उद्धेश्यकासाथ निर्माण सुरु गरीएको चलचित्र लगत्तै फ्लोरमा जाने निर्माण पक्षले जनाएको छ ।