ट्राफिक प्रहरी घुस सहित अख्तियारको फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले २ जना ट्राफिक प्रहरीलाई घुस सहित पक्राउ गरेको छ ।

टिप्पर चालकसँग घुस लिदै गर्दा अख्तियारको टोलीले ट्राफिक प्रहरी पोष्ट रामनगरका असइ सुर्य बहादुर अधिकारी र देवदहको खैरहनी ट्राफिक प्रहरी पोष्टका जवान छवीलाल पोखरेललाई पक्राउ गरेको हो ।

टिप्पर चालकसँग अधिकारीले ५ हजार र पोखरेलले ३ हजार घुस लिदैं गर्दा छुट्टछुट्टै स्थानबाट रंगेहात पक्राउ परेका हुन ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलका सूचना अधिकृत सुरेश भुसालले दुवै जनालाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताए।