पानीको धाराबाट रक्सी आएपछि…….

फिल्महरुमा धाराबाट रक्सी आएको देखेका धेरैले देखेकै छौँ । तर यस्तै वास्तविकता एक अपार्टमेन्टमा भयो भन्दा पत्याउन गाह्रो पर्छ । यस्तै एक घटना सत्य भएको सार्वजनिक भएको छ । एक अपार्टमेन्टमा बसोबास गर्ने व्यक्तिको घरको धाराबाट रक्सी आएको छ ।

घटना भारतको केरलाको हो । एक अपार्टमेन्टमा बसोबास गर्ने यी व्यक्तिको घरको धाराबाट अचानक रक्सी आयो । उनी आश्चर्यमा परे । उनको धाराबाट निरन्तर रक्सी आयो । यो घटना तत्काल फैलियो । अपार्टमेन्टको ट्याङ्कीमा हेर्दा पनि पुरै रक्सी थियो । स्थानीयले नगरपालिकामा सम्पर्क गरे ।

स्थानीय नगरले यो घटनाको अनुसन्धान थालेपछि घटनाको रहस्य खुलेको छ । नगरले ४ हजार ५ सय लिटर रक्सी बरामद गरेको थियो । त्यही रक्सी अपार्टमेन्टमा सप्लाइ भएर यस्तो भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय अधिकारीले अवैध तरिकाले सप्लाइ भएको रक्सी नियन्त्रणमा लिएर नष्ट गर्ने तयारी गरिएको थियो । भुलबस यस्तो घटना भएको नगरका अधिकारीहरुले बताएका छन् ।

स्थानीय बासिन्दाले नगरका जिम्मेवार तहमा बसेका सबैलाई कारबाहीको माग गर्दै स्वास्थ्य सेवा विभागमा उजुरी दर्ता गरेका छन् ।