हात्तिपाइले रोग बिरुद्ध बहुनिकाय गोष्ठी सम्पन्न

हात्तिपाईले रोग निवारणकालागि बिहिबार कोहलपुर नगर क्षेत्रभित्र रहेका सरोकारवाला निकायसँग गोष्ठि सम्पन्न गरीएको छ । हात्तिपाइले रोग बिरुद्ध आम औषधी सेवन कार्यक्रमको नगर स्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी सम्पन्न गरीएको हो। जिल्ला स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा कोहलपुरमा गोष्ठि आयोजना गरीएको हो । हात्तिपाईले रोग निवारणकालागि बाँकेसहित १३ जिल्लामा यही माघ २५ गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदैछ ।

स्थानियहरुलाई सहज रुपमै औषधि सेवन गराउन सकियोस भन्ने उद्धेश्यले गोष्ठि आयोजना गरीएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । कोहलपुर नगरपालिका अन्तर्गत पर्ने रझेना गाँउमा बाँकेकै सबै भन्दा बढि हात्तिपाइलेको समस्या देखिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । रझेनाका अलावा अन्य वडाहरुमा समेत हात्तिपाईलेको समस्या देखिएकाले उक्त रोग निवारणकालागी जनप्रतिनिधी तथा सरोकारवाला निकायहरुलाई सचेत गराउन गोष्ठिको आयोजना गरिएको कोहलपुर नगर जन स्वास्थ्य निरिक्षक अनिल सेन ठकुरीले बताए ।

ठकुरीका अनुसार बाँकेमा २०७८ सम्म हात्तिपाईले विरुद्धको औषधि खुवाउनुपर्ने अवस्था रहेको छ ।