वीरेन्द्रनगरमा हवाई फायर, ६ जना बढी घाइते

कर्णाली प्रदेशको स्थायी राजधानी सुर्खेतको वीरेन्द्रनगर तनावग्रस्त बनेको छ । मंगलबार बिहान टिपरको ठक्करबाट युवकको ज्यान गएपछि वीरेन्द्रनगर तनावग्रस्त भएको हो ।

अहिले वीरेन्द्रनगरका विभिन्न भागहरुमा प्रहरी र आन्दोलकारीहरुबिच दोहोरो झडप भइरहेको छ ।

भिडलाई नियन्त्रणमा लिनको लागि प्रहरीले एक दर्जन भन्दा बढी रबरको गोली चलाएको छ भने दर्जनौं राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । दोहोरो झडपमा आधा दर्जन बढी प्रर्दशनकारीहरु घाइते भएका छन् । घाईतेको स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।

मंगलबार बिहान ट्रिप्परको ठक्करबाट बिरेन्द्रनगरमा एक जनाको ज्यान गएपछि माहोल तनावग्रस्त बनेको हो । वीरेन्द्रनगर ४ मुलपानी चोक नजिक मंगलबार बिहान भे १ ख २२४२ नम्बरको ट्रिप्परले टक्कर कालिकोट महावै गाउँपालिका ३ घर भैइ हाल वीरेन्द्रनगर बस्दै आएका केशर सिंहको मृत्यु भएको थियो ।