ढकालको देशप्रेम गीत ‘यो ज्यान मेरो नेपाल’

बाँकेका साहित्यकार तथा लेखक महानन्द ढकालको शब्दमा तयार पारीएको देशप्रेम गीत ‘यो ज्यान मेरो नेपाल’ सार्वजनिक गरिएको छ । ढकालको शब्द रचना तथा बीपी वाग्लेको स्वरमा ‘यो ज्यान मेरो नेपाल’ बोलको राष्ट्र प्रेमले ओतप्रोत गीत सार्वजनिक भएको हो ।

गीतमा गायक स्वयं वाग्लेले संगित भरेका छन । गीतको भिडियो समेत तयार गरिएको छ । भिडियोको भिजुअल ग्राफिक्स निराजनसिंह ठकुरीको छ भने निर्देशन नारायण तिमल्सिना ‘गोर्खाली’ले गरेका हुन् । गीतले सम्पूर्ण देशवासीबीच एकता र राष्ट्रियताको भावना उजागर गर्ने विश्वास गायकको रहेको छ ।