कर्णाली बिद्यार्थी समाज बाँकेको अध्यक्षमा खत्री

कर्णाली बिद्यार्थी समाज बाँकेको प्रथम भेला बाँकेको कोहलपुरमा सम्पन्न भएको छ । भेलालले अमृत खत्रीको अध्यक्षतामा तदर्थ समिति समेत गठन गरेको छ ।

शनिबार सम्पन्न भेलाबाट गठित तदर्थ समितिको उपाध्यक्षमा तिलक देवकोटा र युवराज बाठा तथा महिला उपाध्यक्षमा विष्णु रोकाया चयन भएका छन भने सचिवमा सफल विष्ट, सहसचिवमा राजेन्द्र पौडेल र कोषध्यक्षमा टोपेन्द्र खत्री चयन भएका छन ।

त्यसैगरी सदस्यहरुमा क्रमशः धिरज बुढा, हुम बहादुर शर्मा, योजिन बुढा, राजेश वि.सी., चन्द्र बहादुर वि.क., आयुश बोहोरा, बिनोद खड्का, दिनेश सिंह ठकुरी, सुदा बुढा, रबिन्द्र बम र महेश सिंह ठकुरी चयन भएका छन ।

कर्णालीबाट अध्ययनकालागि बाँकेमा बस्दै आएका विद्यार्थीहरुलाई एकत्रित गर्ने उद्धेश्यले समाजको गठन गरीएको तदर्थ समितिका अध्यक्ष खत्रीले जानकारी दिए ।