‘सदभावको सहर नेपालगञ्ज’ पुस्तक विमोचन

मध्यपश्चिम स्रष्टा समाज नेपालगञ्जद्धारा प्रकाशित ‘सदभावको सहर नेपालगञ्ज’ पुस्तक सोमबार विमोचन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आंशीक सहयोगमा प्रकाशित लेख संग्रहीत पुस्तकको सोमबार नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल शमशेर राणाले विमोचन गरेका हुन ।

विशिष्ठ व्यक्तिहरुद्धारा लेखीएका नेपालगञ्जसँग सम्वन्धित विश्लेष्णात्मक लेख पुस्तकमा समेटीएका छन् । अमृत शर्मा ढकालद्धारा सम्पादित पाँच सय ३२ पेजको सो पुस्तकमा नेपालगञ्जको इतिहासदलेखि वर्तमानसम्मको समग्र पाटोमा प्रकाश पार्ने प्रयास गरिएको छ ।

नगर प्रमुख राणाले पुस्तकले नेपालगञ्जको समग्र अध्यनसँगै थप अनुसन्धान गर्न मद्धत पु¥याउने विश्वास व्यक्त गरे । नगर उपप्रमुख उमा थापा मगरले अध्यनमुलक पुस्तक प्रकाशनमा उपमहानगरपालिकाको सहकार्य रहने विश्वास दिलाईन । पुस्तकमाथि टिप्पणी गर्दै खगेन्द्र गिरि कोपीलाले सदभावको सहर नेपालगञ्जलाई अझैं परिमार्जित गरेर थप विषयवस्तु सहित दोस्रो संस्करण प्रकाशन गर्न पनि अपील गरे । स्रष्टा समाजका सल्लाहकार, पुस्तकका निर्देशक एवं वरिष्ठ साहित्यकार सनर रेग्मीले प्रकाशन गर्दाको अनुभव, समावेश लेख र विषयबारे प्रष्ट्याए । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य हरि प्रसाद तिमील्सेनाले स्थानीय सरकारले पुस्तक प्रकाशनमा सहयोग गर्न कञ्जुस्याई गर्न नहुने भन्दै अपनत्व र स्वामित्व लिन पनि आह्वान गरे ।

स्रष्टा समाजका कार्यवाहक अध्यक्ष शुक्रऋषि चौलागाईको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत समाजका सचिव अमृत शर्मा ढकालले गरेका थिए भने सञ्चालन सदस्य विपी अस्तुले गरेका थिए । सोही समारोहमा लेखकलाई पुस्तकसहित पारिश्रमिक पनि उपलव्ध गराइएको थियो ।