कोहलपुर महोत्सवमा चित्रकला प्रतियोगिता

बाँकेको कोहलपुरमा जारी ‘तेस्रो प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधी प्रदर्शनी, एवम् पर्यटन महोत्सव-२०७६’ मा आयोजना गरीएको सामुहिक चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । शनिबार महोत्सव परिसरमा प्रतियोगितामा उत्कृष्ट हुन सफल कलाकारलाई पुरस्कृत गरीएको थियो ।

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान अन्तर्गत कला विभाग, ललितकला पाठशाला र प्याराडाईज मन्टेश्वरीको संयुक्त आयोजनामा सामुहिक चित्रकला प्रदर्शनी तथा प्रतियोगिता आयोजना गरीएको प्रतियोगिताका संयोजक तथा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, कला बिभाग संयोजक बिक्रम शिशिरले जानकारी दिए ।

प्रतियोगितामा अंशू चन्दले प्रथम स्थान हासिल गर्न सफल भएका छन भने खुम्बु बिष्टले द्धितिय र आयुष्मा ढकालले तृतिय स्थान हासिल गरेका छन । प्रतियोगितामा रोहित थारु र प्राश्ना दिपालीलाई सान्त्वना पुरस्कार वितरण गरीएको थियो । प्रतियोगितामा उत्कृष्ट हुनेलाई महोत्सव आयोजक लघु घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर कमिटीका अध्यक्ष हेम बिक्रम जिसि र कला बिभाग प्रमुख बिक्रम शिशिरले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगितामा कलाकार डिबि भण्डारी, सुरज सुबेदी र कला समिक्षक दामोदर पौडेलले निर्णायकको भुमिका निर्वाह गरेका थिए । सामुहिक चित्रकला प्रदर्शनी तथा प्रतियोगिता अन्तर्गत स्टल नं. २१ मा दुई वर्षिय बालक देखि ८८ वर्षिय प्रौढ तथा विद्यार्थीदेखि प्राज्ञ समेत २७ जनाका ७७ कला कृति प्रदर्शनीमा राखिएको थियो ।