भोली शुक्रबार सार्वजनिक विदा

कोहलपुर नगरपालिकाले भोली (शुक्रबार) सार्वजनिक विदाको घोषणा गरेको छ । कोहलपुर नगरपालिका वडा नं. १२ का वडाध्यक्ष कृष्ण बहादुर खड्काको निधन प्रति दु:ख ब्यक्त गर्दै नगरपालिकाले सार्वजनिक विदा दिएको हो ।

नगरपालिकाले आफु मातहतका सबै कार्यालयमा विदा दिने निर्णय गरेको हो । बुधबार राती भारतको बहराईचमा खड्का मृत अवस्थामा भेटिएका थिए ।

नगरपालिकाको पहलमा खड्काको शव बिहिबार नेपाल ल्याईएको छ । उनको भोली शुक्रबार निबुवाघाटमा दाहसंस्कार गरीने परीवार स्रोतले जनाएको छ ।