कोहलपुर महोत्सवमा आज कमेडी किङ्ग !

कोहलपुर महोत्सवको आठौं दिन आज (बिहिबार) चर्चित गायक पशुपति शर्मा, टिका पुन र हाँस्य कलाकार राजा राजेन्द्र पोखरेलले महोत्सवमा सहभागीता जनाउने भएका छन । पछिल्लो समय निकै रुचाईएका हाँस्य कलाकार पोखरेल कोहलपुर आउने भएपछि झरीको वेवास्ता गर्दै दर्शक महोत्सव स्थल पुगेका छन । महोत्सवको कला साँस्कृति उपसमितिका संयोजक रामु लम्सालले झरीको प्रवाह नगरी महोत्सवमा आएका दर्शकहरुको सुविधाकालागि मैदानमा भुस र वालुवा हाल्ने काम भईरहेको बताए ।

कोहलपुर नजिकका क्षेत्र बैजापुर, राप्तीसोनारी, बैजनाथ, ढकेरी शम्शेरगन्ज तथा छिमेकी जिल्ला सुर्खेत, जाजरकोट बाट समेत दर्शकहरु महोत्सव अवलोकन गर्न आएको लम्सालले जानकारी दिए ।

शुक्रबार प्रमोद खरेल आउने

महोत्सवको नवौं दिन शुक्रबार आधुनिक गायक प्रमोद खरेलले कोहलपुरको माहोल तताउने भएका छन । महोत्सव आयोजकका अनुसार शुक्रबार प्रमोद खरेल, बिन्दु परियार लगाएतका राष्ट्रिय कलाकारहरु कोहलपुर आउने भएका हुन । प्रतिकुल मौसमका वावजुत कलाकारहरु कोहलपुर आउन राजी भएको महोत्सवको कला साँस्कृति उपसमितिका संयोजक रामु लम्सालले बताए ।।