कोहलपुर महोत्सवका सहभागीलाई बद्रिले रुवाए, भोली राजा राजेन्द्र आउने

कोहलरमा जारी तेस्रो घरेलु महोत्सवमा बुधबार बद्रि पंगेनीले दर्शक रुवाएका छन । महोत्सवको सातौं दिन कोहलपुर आएका बद्रीले साँगितिक प्रस्तुती दिईरहँदा महिला तथा बृद्धबृद्धा भावुक भएका थिए । निकै भावुक मुद्रामा मञ्च उक्लीएका बद्रीले मर्मस्पर्शी गित गाउँदा महोत्सव अवलोकन गर्न आएका दर्शकहरु भावविह्वल भएका थिए ।

मर्मस्पर्शी गितका अलावा बद्रीले आफ्ना चर्चित गित समेत गाएका थिए । हजारौं दर्शकका बिच बद्रिसँगै अन्य राष्ट्रि तथा स्थानिय कलाकारहरुले आफ्नो दमदार प्रस्तुती दिएका थिए ।

महोत्सवमा बद्रिका अलावा निसा पुरी, भुमिका गिरि, सुनिता दहित र दिपेन्द्र वलीले आफ्नो प्रस्तुती दिएका थिए ।

भोली पशुपती शर्मा र राजा राजेन्द्र आउँदै

महोत्सवको आठौं दिन भोली (बिहिबार) चर्चित गायक पशुपति शर्मा, टिका पुन र हाँस्य कलाकार राजा राजेन्द्र पोखरे कोहलपुर आउने भएको छ । पछिल्लो पुस्ता निकै रुचाईएका हाँस्य कलाकार पोखरेल कोहलपुर आउने भएपछि बिहिबार समेत दर्शकको उपस्थिती बाक्लो हुने महोत्सवको कला साँस्कृति उपसमितिका संयोजक रामु लम्सालले दावी गरे ।