भारतमा मृत अवस्थामा भेटिए कोहलपुरका वडाध्यक्ष, घटना शंकास्पद

कोहलपुुर नगरपपालिका वडा नं. १२ का वडाध्यक्ष कृष्ण बहादुर खड्का मृत अवस्थामा फेला परेका छन । खड्काको शव भारतको बहराईचस्थित एक होटलमा भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

मंगलबार सुर्खेतको मेहलकुना जाने भनी घरबाट हिडेका वडाध्यक्ष खड्का भारतमा मृत भेटिएपछि घटना शंकास्पद देखिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँके जिल्ला कमिटी सदस्य समेत रहेका खड्काको शव नेपाल ल्याउने तयारी भईरहेको बाँके प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।