कोहलपुर महोत्सवमा बुधबार बद्री पङ्गेनी आउने

कोहलपुरमा जारी महोत्सवमा राष्ट्रिय कलाकार आउने क्रम जारी छ । पौष २४ गतेबाट सुरु भएको महोत्सवमा हालसम्म विभिन्न कलाकारहरुले आफ्नो प्रस्तुती दिइसकेका छन । महोत्सवको छैठौं दिन आज (मंगलबार) चर्चित गायक राजु परियार, रामजि खाँड र पुर्ण कला बि।सि कोहलपुर आएका छन ।

महोत्सवमा भाग लिन उनिहरु कोहलपुर आएको तेस्रो प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधी प्रदर्शनी, एवम् पर्यटन महोत्सव कला साँस्कृति उपसमितिका संयोजक रामु लम्सालले जानकारी दिए । आजै चर्चित मोडल अञ्जली अधिकारी समेत महोत्सवमा सहभागी हुने भएकी छन ।

भोली बद्रि, निशा र भुमिका आउने

यसैबिच महोत्सवको सातौं दिन बुधबार चर्चित लोकदोहोरी गायक बद्रि पंगेनी आउने भएका छन । पंगेनीका साथमा निशा पुरी र भुमिका गिरि समेत कोहलपुर आउने पक्का भएको आयोजकले जनाएको छ ।