११ वर्षिय आदित्यले जिते अन्तराष्ट्रिय करातेमा स्वर्ण

रुपन्देहीका ११ वर्षीय आदित्य क्षेत्रीले हालै भारतमा भएको कराते प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । उनी तिलोत्तमा स्थित न्यू इन्भाइरोमेण्ट स्कूलमा ५ कक्षामा अध्यनरत विद्यार्थी हुन् ।

भारतको कलकता उल्वडिया स्थीत रविन्द्र भवनमा ९ औँ अन्तराष्ट्रिय कराते तथा च्याम्पियनसिप स्र्पोट एक्सिलेण्ट अवार्ड( २०२० प्रतियोगितामा जुनियरतर्फ कुमेतुमा नेपालका ११ वर्षीय खेलाडी क्षेत्रीले स्वर्ण पदक जितेका हुन् । उनले फाइनलमा भारतका खेलाडीलाई पराजित गर्दै पदक जित्न सफल भएका हुन् ।

उक्त प्रतियोगितामा नेपालसहित आयोजक भारत, भुटान, श्रीलङ्का र बङलादेश गरी ५ देशका खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगितामा विभिन्न समूहमा गरी ६ सय खेलाडीले प्रतिष्पर्धा गरेका थिए । उक्त प्रतियोगितामा नेपालका साहिल गुरुङ्ग, प्रसन साई, गौरव पौडेल, अमिता पोखरेल, मिलन श्रीस, आशिष खड्का, सुमन परियार, दिलमाया कोइराला, आश्वीन खडका, आकृति राना, रिमा कुमाल,जीवन पुन, सरोज पौडेल श्रेत्री र सुनिल रावतले पनि स्वर्ण पदक जित्न सफल भएका छन् । ग्लोबल आवाज