आस्था बहुउद्देश्यीयको अध्यक्षमा चालिसे चयन

बाँकेको कोहलपुरमा रहेको आस्था बहुउद्देश्यीय सहकारी संस्था लि. को अध्यक्षमा पुनः हरी चालिसे चयन भएका छन । सोमबार संस्थाको ११ औं साधारणसभाले चालीसेको अध्यक्षतामा नयाँ संचालक समिति चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा खिमसरा वली, सचिवमा मिना कुमारी मल्ल र कोषाध्यक्षमा अनिता शर्मा चयन भएका छन भने सदस्यहरुमा क्रमशः प्रदिप वर्मा, युवराज गिरी, अशोक पोखरेल, सरला वली र सशिकला कुसारी सर्वसम्मत चयन भएका छन ।

प्रमिला नाथ योगीको संयोजकत्वमा सुशिला प्रधान र आशा बुढाथोकी सदस्य रहने गरी लेखा समिति समेत चयन गरीएको संस्थाका अध्यक्ष चालिसेले जानकारी दिए ।

यसअघि साधारणसभाको उद्घाटन शत्रमा अध्यक्ष र कोषध्यक्षले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन बहुमतले पारीत गरीएको थियो । वि.सं. २०६४ सालमा स्थापना भएको सहकारीमा हाल १ हजार १५ शेयर सदस्य रहेका छन । ५२ वटा सक्रिय बचत समुह संचालन गरेको सहकारीले आव २०७५/०७६ मा ३ करोड ८१ लाख ९३ हजार ५ सय ७९ रुपैयाँ निक्षेप संकलन गरेको संस्थाका अध्यक्ष हरी चालिसेले जानकारी दिए ।

आव ०७५/०७६ मा २ करोड ५० लाख ३५ हजार कर्जा लगानी गरेको सहकारीले ५ नं. प्रदेश सरकारबाट १० लाख बराबरको गाडी अनुदान प्राप्त गरेको प्रतिवेदनले देखाएको छ । आव ०७५/०७६ मा कुल ७ करोड २० लाख २१ हजार ६ सय १६ रुपौयाँ कारोबार गरेको सहकारीले कृषि क्षेत्रमा ५ लाख ३२ हजार २ सय ७९, ब्यापारमा ५ लाख ३२ हजार २ ७९, सामाजिक क्षेत्रमा १ करोड ३३ लाख ६ हजार ९ सय ९९ र पशुपक्षिमा १३ लाख ३० हजार ६ सय ९९ रकम लगानी गरीसकेको संस्थाका अध्यक्ष चालिसेले जानकारी दिए ।

साधारणसभाका अवसरमा सहकारीका उत्कृष्ट कर्मचारी, शेयर सदस्य, बचतकर्ता तथा असल ऋणीलाई सम्मानित गरीएको थियो । साधारण सभाको उद्घाटन शत्रमा जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदी, बहुउद्देश्यीय सहकारी संघ बाँके जिल्ला अध्यक्ष भुपेन्द्र प्रसाद अधिकारी,राष्ट्रिय सहकारी बैंकका सहायक प्रबन्धक प्रकाश कार्की, नेकपाका नेता नरेन्द्र न्यौपाने, सहकारीकर्मी होमप्रकाश सुवेदी, डोलराज अर्याल कृष्णमान श्रेष्ठ लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।