कोहलपुर नगरपालिकाले गर्यो खालि कुर्सिमा सार्बजनिक सुनुवाई (फोटो सहित)

कोहलपुर नगरपालिकाले प्रबाह गर्ने सेवा सुबिधा प्रभाबकारीता बिषयक सार्बजनिक सुनुवाई कार्यक्रममा जनप्रतिनिधीनै सहभागि भएनन । कोहलपुर नगरपालिकाले गरेको चौमासिक सार्बजनिक कार्यक्रममा सबै वडा का वडा अध्यक्ष, वडा सदस्य, कार्यपालिकाका सदस्य र कर्मचारी नै उपस्थिती रहेका थिएनन् । सार्बजनिक कार्यक्रममा स्थानियहरुको न्युन उस्थिती रहेको थियो ।

आयोक कोहलपुर नगरपालिका रहेता पनि कार्यक्रमको संयोजन उत्पिडित सामुदायिक बिकास केन्द्र कोहलपुरले गरेको थियो । कार्यक्रम सहजिकरणको जिम्मा पाएको उत्पिडित सामुदायिक बिकास केन्द्रले कसैलाई पनि खबर नगराएको उपस्थित बलराम काफ्लेले बताए । उनले भने यस्ता खालका औपचारीक कार्यक्रमको आयोजना गर्दा वडा अध्यक्ष र जनप्रतिनिधीलाई नै खबर नगरेको आरोप लगाए । उनले भने नगरपालिकामा जनताले कर तिरेका छन यस्ता खालका कार्यक्रमहरु गरि जनताको करलाई अपमानित हुने खालका कार्यक्रम नगर्न पनि सुझाए । नागरिक सुनुवाईको नाम दिएको कार्यक्रममा जनप्रतिनिधी र नागरिक नै नभएलो यस्तो पनि मितब्यीता हुन्छ भन्दै आयोजकलाई प्रश्न समेत गरेका थिए ।


कोहलपुर नगरपालिकाले आ.ब २०७६/०७७ कार्तिक मसान्त सम्ममा चालु तर्फ ४८ करोड ३४ लाख ४५ हजार बजेट बिनियोन भएको थियो भने, पुजिगत तर्फ ३१ करोड ६६ लाख ७१ हजार गरेर ८० करोड १ लाख १७ हजार भएको थियो । कार्तिक मसान्तसम्ममा चालु तर्फ १० करोड ३ लाख ९८ हजार बिनियोजित बजेडको २० प्रतिशत खर्च भएको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्रदेब भारतीले बताए । उनले भने कार्यक्रमको जिम्मा उत्पिडित सामुदायिक बिकास केन्द्रले लिएको र खबर गर्ने काम पनि उहाँहरुकै भएको हुदा के गर्नु भयो थाहा नभएको बताउनु भयो ।

चिसोका कारण पनि स्थानियहरुको उस्थिती कम भएको समेत भारीले बताउनु भयो ।  कार्यक्रममा बोल्दै लुट बहादुर के.सीले यो कार्यक्रम राम्रो भएको र खालि रहेका कुर्सिहरुमा सडमा रहेका सवारीबाट मान्छे राखेको कार्यक्रमको सोभा बढ्ने जानाए ।

उनले भने आयोजकले बिभिन्न बिषयमा प्रतिबेदन बनाएता पनि नगरपालिका भित्र रहेको चमेना गृहको राजस्व दाखिला कति भएको छ भन्ने बिषयमा किन मौन रहेको भन्दै आक्रोस ब्यक्त गरेका थिए । कार्यक्रममा केहि वडाका वडा अध्यक्ष, मेयर, उपमेयर लगाएत केहि राजनितिक पार्टीका प्रतिनिधीको उपस्थिती रहेको थियो । कार्यक्रमका बारेमा उस्थित यूवा, स्थानिय ब्यक्तिहरुले आलोचना समेत गरेका थिए । कार्यक्रम स्थलमा हेर्दा खालि कुर्सी र आंशिक मात्रामा मात्र जनताको उपस्थिती रहोके थियो ।