समाजसेवी मल्लले विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन वितरण गरे स्विटर

बाँसगढी नगरपालिका वडा नं. २ बेलुवा राँझा निवासी समाजसेवी युवा मिनु मल्लले वडामा रहेको एक विद्यालयमा अध्ययनरत १ सय ५ जना विपन्न परिवारका विद्यार्थीलाई बढ्दो चिसोबाट जोगाउन एक एक थान स्विटर वितरण गरेका हुन् । बाँसगढी नगरपालिका वडा नं. २ मा रहेको नमूना प्राथमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा ५ सम्मका विपन्न विद्यार्थी बालबालिकालाई विद्यालयमै पुगेर स्विटर वितरण गरेपछि अभिभावकहरुले समाजेवी मल्लप्रति धन्यवाद ज्ञापन गरेका थिए ।
हरेक वर्ष वडामा रहेका सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री तथा जाडो महिनामा विपन्न परिवारका विद्यार्थीहरुलाई चिसोबाट जोगाउन स्विटर लगाएतका विद्यालय पोषाक वितरण गर्ने अभियान अन्र्तगत यस वर्ष नमूना विद्यालयका बालबालिकालाई स्विटर वितरण गरेको समाजसेवी तथा युवा उद्यमी मल्लले बताए । उनले आफ्नो आय श्रोतको केही हिस्सा शैक्षिक क्षेत्रमा लगानी गर्ने योजना अनुसार २०७३ सालबाट अभियान शुरु गरेको बताए । अन्य क्षेत्रमा रहेका युवा उद्यमी तथा युवा समाजसेवीहरुमाझ सकारात्मक सन्देश दिन र सामाजिक उत्तरदायित्व वहन गर्न प्रेरित गर्न पनि आफुले अभियान शुरु गरेको मल्लको भनाई छ ।
आप्mनो विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थी वालबालिकालाई चिसोबाट जोगाउन स्विटर वितरण गर्ने मल्लको अभियान महान कार्य भएको विद्यालयका प्रधानाध्यापक शिब कुमार शर्माले बताएका छन् । उनले मल्लजस्ता समाजसेवी समाजमा धेरै रहेको र अन्य युवा उद्यमी तथा समाजसेवीहरु प्रति मल्लको अभियानबाट प्रेरित भएर यस्तै सामाजिक कार्यमा लाग्न नमूना कार्य भएको भन्दै खुशी व्यक्त गरेका हुन ।