कोहलपुर जेसिज २०२० को अध्यक्षमा खनाल

कोहलपुर जेसिज वर्ष २०२० को अध्यक्षमा संगम खलान चयन भएका छन । शनिबार सम्पन्न जेसिजको ११ औं शाखा अधिवेशनबाट खनाल सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा राज कुमार पौडेल र राकेश विष्ट चयन भएका छन् भने उपाध्यक्षमा कमल बहादुर शाही, ईश्वर सुवेदी, सिर्जना सिवाल, विक्रम भुषाल भएका छन । त्यस्तै महासचिवमा रामप्रसाद पाण्डे, कानुनी सल्लहाकारमा धुब्र आचार्य, कोषाध्यक्षमा अन्जु न्यौपाने चयन भएकी छिन् ।

उद्घाटन सत्रमा बोल्दै कोहलपुुर जेसिजका संस्थापक अध्यक्ष सम थापाले जेसीजले यूवाहरुलाई नेतृत्व लिन सक्ने क्षमताको विकास गर्ने भएकाले विश्व भरीका यूवाहरु जेसीजमा आवद्व भएको बताए । साथै उनले कोहलपुर जेसीजले सामाजिक कार्यमा विशेष जोड दिन आवश्यक रहेको बताउँदै सामाजिक विकास सँगै व्यक्तित्व विकासका लागि जेसीज प्रमुख माध्यम बनेको बताए ।

कार्यक्रममा बोल्दै कोहलपुुर जेसिजका संस्थापक उपाध्यक्ष विष्णु खनाल, कोहलपुर जेसिजका पूर्व अध्यक्ष हेमराज खनाल, पुर्ब अध्यक्ष बिष्णु बेल्वासे र विष्णु खनालले जेसीसले नयाँ कुरा र बोल्न सिकाउने भएकाले जेसीजमा लाग्न यूवाहरुलाई अनुरोध गरेका छन् । समाजिक कार्य गर्नका लागि जेसीजको स्थपाना भएको बताउँदै यूवा शक्ति जेसीजमा आवद्ध हुन आवश्यक रहेको बताएका छन् । कोहलपुर जेसीज २०१९ की अध्यक्ष संगिता सुवेदीको सभापतित्वमा सम्पन्न भएको कार्य्रक्रममा जेसीजप्रेमीहरुको सहभागिता रहेको थियो ।